हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

Monday May 18, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

सुनारकी श्रीमतीले सोमबार बिहान करिब ७ बजे घटनाबारे जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको उनले बताए प्रारम्भिक अनुसन्धानका क्रममा सुनारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

सुनारको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


भर्खर

कैलाली र कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका