कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

Monday August 3, 2026

पढ्न लाग्ने समय :


कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना जिल्ला अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्।

मृतकका छोरा राजेन्द्र चौधरीले आमाको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले सरिता थरुनीसहित सात जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार जिल्ला अदालतले प्रतिवादीहरूलाई जनही एक लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरू छुटेका हुन्।

प्रहरीका अनुसार शव परीक्षण (पोष्टमार्टम) प्रतिवेदनबाट मृत्युको स्पष्ट कारण खुल्न सकेको छैन। त्यसैले थप परीक्षणका लागि मृतकको भीसेरा नेपालगञ्ज पठाइएको छ। भीसेरा परीक्षणको प्रतिवेदन आएपछि घटनाबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।

मृतक पक्षले भने सरिता थरुनी र उनका छोराछोरीले कुटपिट गरेपछि जालिना देवीको मृत्यु भएको आरोप लगाएका छन्।

आरोपअनुसार असार ३२ गते साँझ जालिना देवी सरिता थरुनीको घर अगाडि गई चामल फालेकी थिइन्। त्यसपछि आफ्नो कुभलो चिताउने उद्देश्यले घर अगाडि चामल फालेको भन्दै उनीमाथि कुटपिट गरिएको मृतकका आफन्तको दाबी छ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


भर्खर

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार