गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

Saturday May 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश सरकार परिवर्तनको बहस र पार्टी एकताबद्धताको विषय उठाउँदै वर्तमान नेतृत्वलाई सचेत भएर अघि बढ्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसको ‘जरा अभियान’ कार्यक्रममा बोल्दै उनले वर्तमान सभापति गगन कुमार थापालाई पार्टीभित्र पछिल्लो समय उठेका विभिन्न विषयमा प्रश्न गरेका हुन्।

उनले २३ र २४ गते देउवा दम्पतीमाथि भएको आक्रमण स्वाभाविक हो कि अस्वाभाविक भन्ने प्रश्न उठाए। साथै, देउवालाई टिकट नदिने विषय पनि स्वाभाविक हो कि होइन भन्ने स्पष्ट हुनुपर्ने बताए। “आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ? अब उहाँको स्थान कहाँ हुन्छ ?” भन्दै शाहले पार्टीभित्र नेतृत्वको सम्मान र योगदानको मूल्यांकन हुनुपर्ने धारणा राखे।

उनले धनगढीमा सभापति आउँदा कार्यक्रमभन्दा सरकार परिवर्तनको चर्चा बढी भएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए। सभापतिले समानुपातिक सांसदलाई फिर्ता बोलाएर भए पनि सरकार परिवर्तनको विषय उठाएकोप्रति उनले आपत्ति व्यक्त गरे।

शाहले कांग्रेस र पार्टी सभापतिलाई कमजोर बनाउने गतिविधिबाट सावधान रहन आग्रह गर्दै आफू मुख्यमन्त्री पद जोगाउन नभई पार्टी एकताका लागि कार्यक्रममा आएको बताए। “म मुख्यमन्त्री पद जोगाउन विमानस्थल गएको होइन, यो मञ्चमा आएको पनि होइन। सिंगो कांग्रेस एक होस् भन्ने मनसायका साथ यहाँ उपस्थित भएको हुँ,” उनले भने।

उनले सभापति थापालाई भविष्यको नेतृत्वका रूपमा प्रस्तुत गर्दै भने, “गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति छैन। अबको १० वर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ।”

तर, उनले थापालाई पार्टीभित्रकै “भाइरस” बाट सावधान रहन सुझाव दिए। “तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन्, तिनले तपाईंलाई समाप्त पार्न सक्छन्,” उनले चेतावनी दिए।

शाहले वर्तमान राजनीतिक परिस्थितिलाई बुझेर नयाँ र पुराना पुस्तालाई सँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। कांग्रेसलाई एकताबद्ध बनाएर संघर्ष गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र सहकार्य र एकताको वातावरण निर्माण गर्न सुझाव दिएका थिए।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख