पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Monday August 3, 2026

पढ्न लाग्ने समय :


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार सोमबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यो वृद्धिसँगै काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ ।
यसअघि यी क्षेत्रमा पेट्रोल १९७ र डिजेल १९५ रुपैयाँमा बिक्री भइरहेको थियो । त्यस्तै, पहिलो र दोस्रो वर्गका क्षेत्रहरूमा पनि सोही अनुपातमा मूल्य समायोजन गरिएको छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरी नयाँ मूल्य २४९ रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाको हकमा ‘ब्रेक इभन’ (नाफा नोक्सानरहित) विन्दुमा बिक्री मूल्य तोकिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २०६० रुपैयाँमा यथावत राखिएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २०.१९ रुपैयाँ, डिजेलमा ३९.६७ रुपैयाँ र हवाई इन्धनमा १९.०६ रुपैयाँ बढेर आएको थियो । तर, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै प्राप्त मूल्यवृद्धिको तुलनामा न्यून दरले मात्र मूल्य समायोजन गरिएको निगमको दाबी छ ।
यसरी मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक (१५ दिनमा) करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।


भर्खर

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार