कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

Friday May 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका छन। जिल्लाको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध र वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको उनले निरीक्षण गरेका हुन।

मुख्यमन्त्री शाहले बिहिवार कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजना अन्तर्गतका बाँधहरूको स्थलगत निरीक्षण गरेका छन। टेढी सिँचाइ आयोजनाबाट कैलारी गाउँपालिका वडा नम्बर ६, ८, २, ३, ५ र ७ तथा गुर्गी सिँचाइ आयोजनाबाट वडा नम्बर ७, ५, १ र ३ का कृषकहरू लाभान्वित हुँदै आएका थिए। २०६४ सालमा आएको बाढीले बाँध क्षतिग्रस्त बनाउँदा यी आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। बाँध भत्किनुका साथै नहर निर्माण हुन नसक्दा त्यस क्षेत्रका किसानहरू वर्षौँदेखि समस्यामा परिरहेका छन्।

बाँधको निरीक्षणपछि मुख्यमन्त्री शाहले प्रभावित क्षेत्रका किसानलाई राहत पु¥याउन तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनले जनताको माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक र प्रतिबद्ध रहेको उल्लेख गरेका छन।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार टेढी र गुर्गी बाँध पुनर्निर्माणसँगै सिँचाइ नहर निर्माण भएमा हजारौं कृषक प्रत्यक्ष लाभान्वित हुनेछन्। उजले त्यस क्षेत्रका करिब ९५ प्रतिशत जनता कृषिमा निर्भर रहेको बताउँदै हाल किसानहरू वर्षाको पानीमा निर्भर हुन बाध्य रहेको र चैते धान खेतीसमेत गर्न नसक्ने अवस्था रहेको जानकारी दिए। साथै, सिँचाइ अभावमा किसानहरूले महँगो मूल्यमा डिजेल किनेर पानी तान्नुपर्ने बाध्यता रहेको उनले बताए।

बाँध निर्माणका लागि प्रदेश र स्थानीय सरकारले पटक–पटक बजेट विनियोजन गरेपनि कार्यान्वयन नहुँदा योजना अलपत्र परेको स्थानीय लखन चौधरीले बताएका छन्। “योजना समयमै सम्पन्न नहुन एकदमै दुखद कुरा हो, उनले भने, “सरकारबाट विनियोजित रकम कार्यान्वयन भएमा किसानलाई राहत हुनेथियो ।, “

निरीक्षणमा मुख्यमन्त्रीसँगै राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपाध्यक्ष खेम चौधरी, सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।

 


भर्खर

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार