काठमाडौँका सुकुम्बासीको बिल्लीबाठ गरियो : महर

Tuesday April 28, 2026

पढ्न लाग्ने समय :


धनगढी : काठमाडौँका सुकुम्वासी वस्तीहरू हटाउन सरकारले बल प्रयोग गरिएकोमा एमालेले असन्तुष्टि व्यक्त गरेको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सुकुम्वासी वस्तीहरूमा बल प्रयोग गरिएको भन्दै विरोध गरेका हुन्।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महरले भूमि आयोगले काम गर्दै गरेको अवस्थामा काठमाडौँका सुकुम्वासीको बिल्लीबाठ गरिएको बताए। उनले भने, ‘भूमिहीनको व्यवस्थापनको काम २०४८ सालबाट थालिएको हो। क्रमिक रूपमा व्यवस्थापनको काम हुँदै आएका छन। भूमि आयोग छ, काम गर्दै छ। समस्या समाधानका प्रयासहरू हुँदै आएका छन। सुकुम्वासीहरू प्नि नेपाली नागरिक हुन। तर, सरकारले बल प्रयोग गरेको छ। बुढापाका, गर्भवती, सुत्केरीहरुमाथि बल प्रयोग गरिएको छ। उनीहरूको व्यवस्थापनका उपायाहरू ल्याउनुपर्ने हो। तर, सरकार जबरजस्ती गरिरहेको छ। सुकुम्वासीका बिल्लीबाठ गरिएको छ। यो गलत हो।

राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुई तिहाइको सरकार बिधोंशको बाटोमा लागेको आरोप महरको रहेको छ। सरकार बिधोँश, तोडफोड र प्रतिशोधको बाटोमा लागेको उनले पत्रकार सम्मेलनमा बताएका छन्।

 


भर्खर

देशभर मनसुन सक्रिय, कहाँ कहाँ छ भारीदेखि धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल

आज पाँच संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र समसामयिक विषयमा छलफल हुने

संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकमा विभिन्न विधेयक, मन्त्रालयको कार्यसम्पादन, आयोगको

पत्रकार परिचयपत्र देखाउँदै लागुऔषध कारोबार गर्ने तीन जना पक्राउ

पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार हुने गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको छ। लागूऔषध नियन्त्रण ब्युरोले