आज पाँच संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र समसामयिक विषयमा छलफल हुने

Thursday August 6, 2026

पढ्न लाग्ने समय :


संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकमा विभिन्न विधेयक, मन्त्रालयको कार्यसम्पादन, आयोगको प्रगति तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, समसामयिक विषय, चुनौती तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल गरिनेछ। सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल हुने कार्यसूची छ।

दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी, दिउँसो २:३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा देशको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।


भर्खर

मुद्दा फर्छ्यौटमा देशमै उत्कृष्ट बनेका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिदाइ

कञ्चनपुर जिल्ला अदालतमा कार्यरत रहँदा मुद्दा फर्छ्यौटमा देशभरकै उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन जिल्ला न्यायाधीश राजेन्द्रसिंह

देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्न सक्ने

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल

भारतबाट साइकलमा युरिया मल ल्याउँदै गरेका तीन नेपाली महिला भारतमै नियन्त्रणमा

भारतबाट नेपालतर्फ साइकलमा युरिया मल ल्याइरहेका तीन जना नेपाली महिलालाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)