कञ्चनपुरमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

Thursday May 7, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : कञ्चनपुरमा विपरीत दिशातर्फ गइरहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्री सडक खण्डमा बुधबार उत्तरबाट दक्षिण तर्फ गइरहेको म २ प ५०५५ नम्बरको मोटरसाइकल र उत्तरतर्फ गइरहेको से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ५९१३ नम्बरको मोटरसाइकलमा सवार चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार, मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका ४५ वर्षीय मीन बहादुर जागरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुकी मृत्यु भएको हो ।
दुर्घटनामा परि सोही मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय मङ्गल महरा र ५०५५ नम्बरको मोटरसाइकल चालक ४२ वर्षीय कम्मानसिंह ठगुन्ना घाइते भए। घाइतेको कैलाली स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रनाउ शाहीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


भर्खर

देशभर मनसुन सक्रिय, कहाँ कहाँ छ भारीदेखि धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल

आज पाँच संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र समसामयिक विषयमा छलफल हुने

संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकमा विभिन्न विधेयक, मन्त्रालयको कार्यसम्पादन, आयोगको

पत्रकार परिचयपत्र देखाउँदै लागुऔषध कारोबार गर्ने तीन जना पक्राउ

पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार हुने गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको छ। लागूऔषध नियन्त्रण ब्युरोले