डोटीको सायलका आमाहरुलाई पोयुक्त खाद्य सामाग्री वितरण

Wednesday June 10, 2026

पढ्न लाग्ने समय :


डोटी : डोटीको सायल गाउँपालिकाले सुनौला हजार दिनका आमाहरुलाई पोयुक्त खाद्य सामाग्री वितरण गरेको छ।
वडा नम्बर १ छपालिमा सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण  गरिएको हो। मगलबार वडा नम्बर १ मा रहेका सुनौला हजार दिनका सुत्केरी भएका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो ।

सुत्केरी भएका आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम आफ्नो वडामा गरिएको गाउँपालिका उपाध्यक्ष निर्मला बोहरा ओलीले जानकारी दिए।
आमालाई पोषण समाग्री वितरण कार्यक्रममा १ क्रेटका दरले अण्डा,चना दाल, नुन तेल दिइएको हो  । त्यस्तै उनीहरुलाई सरसफाई ध्यान दिन आग्रह गर्दै साबुन , सोडा कुल्केट नककाटसमेत वितरण गरिएको छ । उक्त कार्यक्रम गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएका छन् ।

मातृशिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको र कुपोषणको शिकारबाट आमा र बच्चालाई जोगाउन पोषणको मात्रा कमी हुन दिन नहुने र बालबािलकाको पोषण स्थितिमा सुधार ल्याउन पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको उपाध्यक्ष ओलीको
भनाइ छ।


भर्खर

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार