धनगढीमा पेस्तोलरसहित भारतीय युवक पक्राउ

Wednesday June 10, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीमा पेस्तोल र घरेलु हतियारसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-५ सत्कार चोकमा कोठा गरी बस्दै आएका भारतको लखिमपुर खिरीका २४ वर्षीय साहिल खानलाई प्रहरीले कटुवा पेस्तुलसहित पक्राउ गरेको हो।

मंगलबार राति वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा खानको कोठामा खानतलासी गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा कटुवा पेस्तोल एक थान, खुकुरी एक थान, फलामको रड एक थान, रेन्च एक थान, डिजिटल काटा एक थान र चाँदीजस्तो देखिने माला दुई थान, फलामको ‘टी’ एक थान र टर्चलाइट दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका हतियार तथा सामग्रीसहित खानलाई नियन्त्रणमा लिइएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार