गृहमा सुधन गुरुङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनले लिए शपथ

Tuesday June 9, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।

गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् ।

त्यस्तै महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।
फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए ।

गुरुङ गोरखा १ बाट रास्वपाका निर्वाचित सांसद हुन् । पुन भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।


भर्खर

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार