कैलालीमा दुई जना मृत फेला

Monday June 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । छुट्टाछुट्टै स्थानमा आइतबार साँझ अज्ञात पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा नाम, थर र ठेगाना नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरी, लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा पनि करिब ४० देखि ४५ वर्ष उमेरका जस्तो देखिने एक अज्ञात पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


भर्खर

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार