कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

Wednesday May 6, 2026

पढ्न लाग्ने समय :


कैलाली: कैलाली प्रहरीले अवैध लागूऔषध नियन्त्रण अभियान अन्तर्गत छुट्टाछुट्टै स्थानबाट ४ जनालाई पक्राउ गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान क्षेत्रबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १३० मिलिग्रामसहित ३ जना किशोरलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका उनीहरूलाई जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो।

यसैगरी, गौरीगंगा नगरपालिका–७ मनकापुरस्थित मसुरिया तालबन्दा भित्री सडक खण्डबाट पनि खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३२० मिलिग्रामसहित स्थानीय २६ वर्षीय जय कुमाल पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

कैलाली र कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका