‘रामराज्यको चाहना राख्नेहरूले पनि नैतिक साहस देखाउनुपर्छ’

Wednesday April 22, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन् । रामराज्यको चाहना राख्नेहरूले पनि त्याग र नैतिक साहस देखाउनुपर्ने उनको चुनौति छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुरुङले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वैट सेयर छ विस्तारै आउला, रामराज्यको चहना राख्नेहरुले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’

गुरुङले आफ्नो लागि पदभन्दा नैतिकता ठूलो कुरा भएको बताएका छन् । जनविश्वासभन्दा ठूलो शक्ति कुनै नहुने उनको टिप्पणी छ ।

‘गुरुङले भनेका छन्, ‘आज आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।’

आफूसँग सम्बन्धित विषयमा निस्पक्ष छानविन होस, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस र त्यसमा कुनै असर नपरोस भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उनको घोषणा छ । उनी थप्छन्, ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।’

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।