कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

Saturday August 15, 2026

पढ्न लाग्ने समय :


अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत कञ्चनपुरका विभिन्न मितिका फैसलाले कैद तथा जरिवाना सजाय तोकेका चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वन्यजन्तु तथा अवैध शिकार मुद्दामा जनही २१ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका लालझाडी गाउँपालिका–५, देखतभुली बस्ने ३९ वर्षीय श्यामकुमार राना, ४० वर्षीय जङ्गबहादुर राना र ४१ वर्षीय रामसाहेब रानालाई पक्राउ गरिएको छ ।

त्यस्तै, चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–१, राजिपुर बस्ने २५ वर्षीय पंकज मिस्त्रीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी, अछाममा लागूऔषध खैरो हेरोइन मुद्दामा अदालतबाट ९ दिन कैद सजाय तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत अछामको फैसलाले कैद सजाय तोकिएका बान्निगढी जयगढ गाउँपालिका–२, जनालिकोट बस्ने नवीनराज उपाध्यायलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको टोलीले शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका दोषी तथा प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।