कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

Thursday March 12, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका प्रतिनिधि सभा सदस्यहरू पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आएका छन्।

कञ्चनपुर क्षेत्र–१ बाट निर्वाचित सांसद जनक सिंह धामी बिहीबार बेलौरी नगरपालिका–९ का कुण्डा, रतनपुर, वडा नं. १० भुडा लगायतका क्षेत्रमा पुगेर मतदाताका समस्या बुझिरहेका छन्। बेलौरी–९ का स्थानीय गोपाल चौधरीले कुण्डामा रोकिएका सडक योजना समयमै सम्पन्न गर्न पहल गर्न आग्रह गरे ।

सांसद धामीले मतदातासँगको भेटघाटमा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, नियम संशोधन र रोजगारीका अवसर सिर्जना गर्न कटिबद्ध रहनुपर्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि सोमबार सांसद धामीले बेलौरी, बेलडाडी, लालझाडी तथा पुनर्वासका विभिन्न टोल–बस्तीमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै, सरकार गठन भए लगत्तै यस क्षेत्रको हितमा आवश्यक नीति नियम बनाइने प्रतिबद्धता जनाएका थिए।

त्यसैगरी, कञ्चनपुर क्षेत्र–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महतले पनि जनतासँग भेटघाट गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार भीमदत्त नगरपालिकाका विभिन्न वडा तथा दोधारा चाँदनी नगरपालिकाका टोल–बस्तीमा पुगेर सांसद महताले जनतामा अभिभावक राज्यको महसुस गराउने योजना रहेको बताए।

सांसद महताले यस क्षेत्रका विकासका लागि आवश्यक नीति, नियम निर्माण गरिने र युवालाई रोजगारी प्रदान गर्न आवश्यक कदम चालिने पनि जनाए। शपथग्रहणपछि जनताको समस्या बुझेर त्यस अनुरूप अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार