Thursday February 6, 2025

पढ्न लाग्ने समय :


आगामी चैत्र ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।  बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी लेजर पोर्ट नेपालले यसबारे जानकारी गराएको हो । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ मा ‘काठमाडौं पिंक केयरएथन’ गर्ने बताएको छ । काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ ।

केयरएथनमा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउनसक्नेबताइएको छ । घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तीन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु केयरएथनको उद्देश्य रहेको बताउनु भयो । कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्वासडेटर घोषणा गरिएको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ