नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णको माग गर्दै धर्ना शुरु

Friday January 31, 2025

पढ्न लाग्ने समय :


वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरु धर्ना बसेका छन् । आज बिहानबाट वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो । निर्माणको लागि टेण्डर भएपनि लामो समयदेखि निर्माण कार्य शुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. निरजकुमार सिंहले बताउनु भयो ।

उहाँकाअनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेको छैन । तर नेपालका अन्य केन्द्रिय अस्पतालहरुमा ५ सय शैय्याको भवन निमार्ण भई कार्य सञ्चालन समेत भइसकेको बताउनु भयो । नारायणी अस्पताल, वीरगञ्जको हाताभित्र ५ सय शैय्याको नविन भवन निमार्णका लागि दबाब दिन आज बिहान ११ बजे शान्तीपूर्वक धर्नामा बसी बिरोध गरेको  सिंहले बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको