सद्भाव आचार्यलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

Friday December 13, 2024

पढ्न लाग्ने समय :


डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् ।  आज ६–अण्डर ६२ को शनदार स्कोरमा एमेच्योर सदभाव आचार्यले समग्रमा १५–अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौ ओपनमा भुवन नगरकोटीले बनाएको १४–अन्डर २५८ को रकर्ड तोडेका हुन् । उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३–अन्डर ६५ सहित समग्रमा १३–अन्डर २५९ को स्कोरमा दोस्रो भए । उनले प्रो तर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
अन्तिम दिन आज खेलको शुरूवात गर्दा सदभाव निरज भन्दा एक स्ट्रोकले पछि थिए । आज फ्रन्ट नाइनको खेल सकिँदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो । दुवैले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । सद्भावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे । निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे । ११ औं होल टर्निङ प्वाइन्ट बन्यो । सदभावले बडी प्रहार गरे भने निरजले बोगी खेले । यसपछि सदभावले एक स्ट्रोकको अग्रता बनाए । सदभावले यसपछि १३औं होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे। यही अग्रतालाई निरन्तरता दिंदै ब्याक नाइन २–अन्डर ३२ मा सकाए र उपाधि जिते। निरजले भने ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । सदभावले आज पनि बोगीरहित प्रदर्शन गरे।
दिनेश प्रजापतीले अन्तिम दिन ३–अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८–अन्डर २६४ सहित तेस्रो भए। उनले ८५ हजार नगद हात पारे। एमेच्योर राहुल विके समग्रमा ६–अन्डर २६६ सहित चौथो भए। उनले अन्तिम दिन ४–अण्डर ६४ स्कोर दर्ज गरे। समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए । उनले आफू धेरै भाग्यमानी भएको बताए । प्रोफेनल प्रतिष्पर्धासँग खेल्दा अनुभव बटुलेको बताए ।

चार दिने प्रतियोगितामा कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको थियो । कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।