लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन्ः महासचिव गुरुङ

Monday December 9, 2024

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतन्त्रलाई सिध्याउन मुलुकमा निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेको बताउनुभएको छ । सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले वर्तमान प्रणालीलाई सिध्याउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेलहरु भइरहेको बताउनुभएको हो । उहाँले विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको उल्लेख गर्दै उक्त संकट मोचनको लागि कर्मचारी संगठनले दृढतापुर्वक राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । भ्रष्टाचारी, घुसखोरी जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ उन्मुख रहेको उहाँको भनाइ छ । आर्थिक संकट पैदागरी मुलुकलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त पार्ने क्रियाकलापहरु भइरहेको भन्दै उहाँले यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्न निरन्तर खबरदारी गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यतिखेर मुलुकको अगाडि मुख्यगरी तीन वटा समसयाहरु चुनौतिको रुपमा खडा भएका छन् । मुलकमा लोकतन्त्रको स्थापना भएको छ । केही समस्याहरुका बाबजुद पनि यसको रक्षा गर्नुको विकल्प छैन । लोकतन्त्रको रक्षाका लागि पनि कर्मचारीको एकदमै महत्वपूर्ण भुमिका रहन्छ । लोकतन्त्रलाई सिध्याउने निरङ्कुस प्रकारको प्रवृत्तिहरु बढ्दै गइरहेका छन् । वर्तमान प्रणालीलाई सिध्याउने खेलहरु भइरहेका छन् । राज्यलाई अस्थिरतातर्फ लग्ने प्रयास भइरहेको छ । दोस्रो, विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको छ ।यो संकटलाई मोचन गर्नको लागि कर्मचारी संगठनले दृढतापूर्वक राष्ट्रियताको पक्षमा, स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता छ । तेस्रो, राज्यमा भ्रष्टाचारी, घुसखोरी, जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ गइरहेको छ । ऋणैऋणमा मुलुक डुबिरहेको छ । मुलुकलाई आर्थिक रुपमा कमजोर बनाउँदै संकटको दिशामा धकेलिरहेको छ । वित्तीय संकट गम्भिर रुपले पैदा भइरहेको छ । यसले राज्यलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त गर्ने दिशातर्फ गइरहेको छ । यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्नको लागि निरन्तर खबरदारी गर्नु जरुरी छ । अनियमितताको विरुद्ध र जनताको हितको पक्षमा कर्मचारीहरुको हितको पक्षमा निरन्तर लडिरहनुपर्ने आवश्यकता छ । ’

मुलुकमा गम्भिर आर्थिक, राजनीतिक र सामाजिक संकट पैदा भएको उल्लेख गर्दै उहाँले मुलुकको  संकट मोचन गर्न कम्युनिष्ट विचार बोकेका नेता र पार्टीहरु एकढिक्का भएर जानुको विकल्प नभएको बताउनु भयो । गाण्तन्त्रवादी शक्तिहरु एउटा मोर्चाको माध्यमबाट सहकार्य गर्दै मेचीदेखि महाकालीसम्मका जनतालाई गोलवद्ध गर्दै लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।