Thursday December 5, 2024

पढ्न लाग्ने समय :


प्यालेस्टिनी स्रोतकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा विस्थापित मानिसहरूको लागि बनाइएको आश्रयस्थललाई लक्षित गरी बुधवार इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले एउटा मिसाइलको साथ मावासी क्षेत्रमा विस्थापित मानिसहरूको घरमा रहेको आश्रयलाई निशाना बनाइ आक्रमण गरेका थिए ।

स्वास्थ्यकर्मीहरूले उद्धार टोलीले पाँच बालबालिकासहित २० पीडितको शव निकालेको र दर्जनौं घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । इजरायली सेनाले अहिलेसम्म आक्रमणको बारेमा कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४४ हजार ५३२ पुगेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।