Sunday December 1, 2024

पढ्न लाग्ने समय :


नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लवले आफ्नो मुख्य प्रायोजकमा एनसेलसँग सम्झौता गरेको छ । आईतवार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए ।

यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय