चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

Monday November 18, 2024

पढ्न लाग्ने समय :


आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरु उठाइएको छ । सोमवार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै चलचित्रबारे जानकारी गराइएको थियो ।  साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रले समाजमा बोक्सी छैन भन्ने सन्देश दिएको छ । बोक्सीका नाममा अझै पनि महिलामाथि हिंस भइरहेकाले बोक्सीको नाममा महिलामाथि हिंसा हुन नहुने सन्देश चलचित्रले दिएको छ ।

फिल्मका प्रश्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरुले फिल्म बनाएको बताउनु भयो । कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताउनु भयो । निर्देशक घनश्याम लामिछानेले आफ्नो फिल्म व्यावसायिक हिसावले नबनाएको बताउनु भयो ।

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ । लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले