५४ वर्षपछि माध्यमिक तह सञ्चालन

Monday May 1, 2023

पढ्न लाग्ने समय :


खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुवात गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए ।

गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले सङ्कलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताए ।

सो अवसरमा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओवादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राईलगायतले शुभकामना दिएका छन् ।

मावि तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । निमावि राहत तीन, प्रावि राहत एक, बालविकास सहायक एक, निजी एक र प्रावि दरबन्दी चार गरी दश शिक्षक रहेको उक्त विद्यालयको हालसम्म एक सय ८८ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यार्थी भर्ना अभियान जारी रहेको उक्त विद्यालयमा गाउँपालिका र वडाले एक÷एकजना मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले जानकारी दिए । विसं २०७८ को जनगणनाअनुसार तीन हजार ५७७ जनसङ्ख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी माविसमेत सञ्चालित छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।