२८ लाख भारुसहित वीरगञ्जबाट तीन महिला पक्राउ

Monday October 10, 2022

पढ्न लाग्ने समय :


वीरगंज । कूल २८ लाख ५६ हजार भारतीय नोटसहित तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मञ्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।