२०८४ पछि देश वैकल्पिक शक्तिको हातमा जान्छ : भट्टराई

Tuesday August 26, 2025

पढ्न लाग्ने समय :


 

धनगढी । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८४ सम्ममा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा जाने बताउनुभएको छ । सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष भट्टराईले पुराना दलले आफूलाई समय अनुकुल परिवर्तन गर्न नसकेका कारण देश र जनताले नयाँ वैकल्पिक शक्ति खोजेको बताउनु भयो । आफूले शुरु गरेको वैकल्पिक शक्तिको अभियानले विभिन्न रुपमा विस्तारै आकार लिँदै गएको उहाँको भनाई छ । बहुदलिय प्रणालीमा एउटा मात्रै वैकल्पिक र नयाँ दल भन्ने नहुने बताउँदै अध्यक्ष भट्टराईले नेपालमा विभिन्न नाममा वैकल्पिक शक्तिहरुको उदय भइरहेको बताउनु भयो ।
भट्टराईले नयाँ र वैकल्पिक शक्तिबीचको सहकार्य र मोर्चाबन्दीबाट २०८४ सम्म देशलाई विकल्प दिने दाबी गर्नु भयो । न्युनतम आधार गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र भएका दलहरुको बीच वृहत मोर्चाबन्दी हुने उहाँ बताउनु हुन्छ । डा. भट्टराईले देशको अभिभावक भइसकेको व्यक्ति दलीय राजनितिमा फर्किनु गतल भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई लक्षित गर्दै उहाँले अभिभावकिय भूमीकामा रहेका व्यक्ति पुनः दलमा फर्कदा पदिय मर्यादा गुम्ने बताउनु भयो ।संविधानमा भएको सेरोमोनियल राष्ट्रपतिको व्यवस्था राष्ट्रको अभिभावकको रुपमा परिकल्पना गरिएको डा. भट्टराईको भर्ना छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि फर्केर दलगत राजनितिमा लाग्न वर्तमान संविधानको मूल्य र मर्मले नदिने उहाँको भनाई छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा भने राष्ट्रपति र उप राष्ट्रपति राजनितिमा फर्कन पाउने उहाँ बताउनु हुन्छ । पछिल्लो समय दल र राज्यको महत्वपूर्ण ओहोदामा पुगेका व्यक्तिबाट विधि, प्रणाली, मूल्य, मान्यता भन्दा आफ्नो स्वार्थ, दल र गुटगट स्वार्थमा लाग्ने र लोकतन्त्रकै उपहास गर्ने काम भइरहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।