२०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिए

Monday December 30, 2024

पढ्न लाग्ने समय :


सन् २०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी र ९२५ आतंककारीहरू मारिएका छन् ।  पाकिस्तानभर सञ्चालन गरिएका ५९ हजार ७७५ अभियानहरूमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिएको पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बताउनु भयो । कारबाहीका क्रममा प्रतिवन्धित तेहरिक–ए–तालिबान पाकिस्तान र अन्य आतंकवादी समूहका ७३ उच्च मूल्यवान लक्ष्यहरू मारिएका थिए । इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का महानिर्देशक अहमद सरिफ चौधरीले यस वर्ष विगत पाँच वर्ष यताकै सबैभन्दा धेरै आतंककारीहरूलाई निष्प्रभावी बनाइएको बताउनु भयो ।

एक वर्षमा पाकिस्तानी सेना, कानून प्रवर्तन र गुप्तचर एजेन्सीहरू र पाकिस्तानी पुलिसले दैनिक आधारमा १७९ भन्दा बढी अपरेशनहरू सञ्चालन गरेका थिए । पाकिस्तानी सेनाले आतंकवाद विरोधी प्रयास र सीमा सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण प्रगति गरेको चौधरीले बताउनु भयो । पाकिस्तानी सेनाले तस्करी, लागुपदार्थको तस्करी, बिजुली चोरी, र होर्डिङ विरुद्ध लड्न आफ्नो अभियान विस्तार गरेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।