१२ गाउँ एक्सनप्रधान फिल्मको ट्रेलर सार्वजनिक

Tuesday October 1, 2024

पढ्न लाग्ने समय :


अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म १२ गाउँको ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार युट्युबमा सार्वजनिक गरिएको ट्रेलर विराज र उनका छोरा समीर भट्टको एक्सन दृश्यले पूरिपूर्ण छ। १२ गाउँ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा यसमा समेटिएको छ। सार्वजनिक ट्रेलरलाई सन्देश शाहले तयार पारेका हुन्। १२ गाउँ विराजका छोरा समीरको पहिलो फिल्म हो। मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यु गरेका हुन्।

विराज, समीर, सनिशा र न्यान्सीसहित सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, नरेन खड्का, स्टन्ट सिल्भा लगायत थुप्रै कलाकारहरूले फिल्ममा अभिनय गरेका छन्। साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भा र नेपाली कोरियोग्राफर शंकर महर्जनले फिल्ममा एक्सन कोरियोग्राफी गरेका हुन्। विराज भट्ट फिल्म प्रोडक्सनको फिल्मको लेखक सन्तोष सरकार हुन् भने निर्मातामा सरस्वती भट्ट रहेकी छन्। फिल्म दसैंको फूलपाती अर्थात असोज २४ गते रिलिज हुने तयारीमा छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।