१० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न भरतपुर महानगरको निर्देशन

Wednesday June 21, 2023

पढ्न लाग्ने समय :


चितवन– भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।

महाशाखाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशत नघट्ने गरी तोकिए बमोजिम असार १५ भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सूचनामा विपन्न, गरिब, दलित, जनजाति, महिला, अपाङ्ग र जेहनदार विद्यार्थीको नामावलीसहितको विवरण शैक्षिक प्रशासन महाशाखामा बुझाउन भनेको छ । निर्देशनमा तोकिएको समयमा नामावली नबुझाएमा नियम अनुसार कारबाही हुने पनि जनाइएको छ ।

यस वर्ष छात्रवृत्ति उपलब्ध गराउन बाँकी रहेका र विवरण पेस गर्न बाँकी रहेका संस्थागत विद्यालयलाई महानगरले भरतपुर महानगरपालिका शिक्षा ऐन र छात्रवृत्ति कार्यान्वयन कार्यविधि अनुसार निर्देशन दिएको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।