होलिले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने बिश्वास छ : प्रदेश प्रमुख मियाँ
पढ्न लाग्ने समय :
धनगढी: सुदूर पश्चिम प्रदेश प्रमुख मियाँले फागुपूर्णिमा (होली) पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्
फागुपूर्णिमा (होली) २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै होली पर्वले आपसी रिसराग त्यागी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका छन् ।
`बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त हाम्रो समाजमा यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायबीचको आपसी सम्बन्ध सुदृढ गर्दै सामाजिक सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छन्,´ शुभकामना सन्देशमा उल्लेख छ।
प्रदेश प्रमुख मियाले होली पर्वले सबै नेपालीमा खुसीका रङहरू छर्दै नयाँ उमङ्ग र हौसलाका साथ आपसी विश्वास, प्रेम र एकतालाई प्रगाढ बनाउँदै मुलुकको समग्र प्रगतिमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।