हेडको आक्रामक ब्याटिङले चम्किदै हैदरावाद : दिल्ली ६७ रनले पराजित

Sunday April 21, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा ओपनर ट्रेभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेर २६६ रन बनाएको हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २६७ रनको लक्ष्य प्रस्तुत गरेको हो।

हैदरावादका लागि ओपनर हेडले सर्वाधिक ८९ रन बनाए। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।

अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमद ५९ रनमा अविजित रहे।

दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए भने मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट हात पारे।

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्स १९ ओभर १ बलमा १९९ रन बनाएर अलआउट भयो। दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले। उनले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए। कप्तान ऋषभ पन्त ४४, अभिषेक पोरेलले ४२ रन बनाउँदा ओपनर पृथ्वी शाले १६ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

दिल्लीलाई सस्तैमा समेट्न हैदरावादका लागि टि नटराजनले एक्लै ४ विकेट हात पारे। मयंक मार्कण्डे र नितिश कुमार रेड्डीले २-२ विकेट हात पार्दा भुवनेश्वर कुमार र वासिङ्टन सुन्दरले १-१ विकेट लिए।

यो जितसँगै सात खेल खेलेको हैदरावाद १० अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ। आठ खेल खेलिसकेको दिल्ली भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल कलकाता नाइट राइटर्स र रोयल च्यालेन्जर्स बंग्लोरबिच हुँदैछ। यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा पञ्जाब किंग्स र गुजरात नाइटनले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।