हुम्लाका नागरिकको कुटपिटमा परेका चार जनाको हेलिकोप्टरमार्फत उद्धार

Wednesday May 20, 2026

पढ्न लाग्ने समय :


धनगढीः हुम्लाबाट आएका व्यक्तिबाट कुटपिटमा परेका बाजुराको हिमाली गाउँपालिका–३ का वडा सदस्यसहित चार घाइतेको बुधवार उद्धार भएको छ। कुटपिटमा परेर सख्त घाइते भएकाहरूलाई उपचारका लागि सुर्खेत हुँदै काठमाडौँ लैजान लागिएको हो।

बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ मा प्रहरी चौकी निर्माण विरुद्ध उत्रिएका हुम्लाको खार्पुनाथ–२ थलीबाट आएका करिब तीन सय जनाको समूहले वडा सदस्य पेमा गारा गुरुङसहितलाई निर्घात कुटपिट गरि घाइते बनाएका हुन्। उक्त घटनाका चार जना घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

बुधवार दिउँसो १ बजे सिम्रिक एयरको हेलिकोप्टर मार्फत दुलिङ क्षेत्रबाट घाइतेहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।

उनका अनुसार उद्धार गरिएकामध्ये पेमा गारा गुरुङ, उनकी पत्नी लक्ष्मी गुरुङ, मिनु कुँवर र हुम्लाका ५० वर्षीय नरबहादुर गुरुङ रहेका छन्।

बाजुरा र हुम्ला जिल्लाको सिमानामा भएको विवादका घाइतेहरूमध्ये चार जनालाई उपचारका लागि सुर्खेत लगिएको छ । उनीहरूलाई हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो।

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमाको विषयमा मंगलबार फेरि विवाद भएको थियो। हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबिच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।