हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

Friday July 29, 2022

पढ्न लाग्ने समय :


नेपालगन्ज । प्रहरी हिरासातमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा एक असई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं प्रहरी हिरासतमा रहेकी एक महिलालाई बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप लागेका चौलागाईंलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर सोधपुछ भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।

शुक्रबार बिहान दुई बजे असई चौलागाईंले सोधपुछ गर्नु छ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेका थिए । प्रवक्ता न्यौपानेका अनुसार हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी थिइन् । घटनाबारे बुझ्न बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी कोहलपुर इलाका प्रहरी पुगेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।