हिरासतबाट भागेका बलात्कार आरोपी १५ दिनपछि पक्राउ

Monday August 8, 2022

पढ्न लाग्ने समय :


बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रहरी हिरासतबाट भागेका करणी मुद्दाका अभियुक्तलाई १५ दिनपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरले करणी आरोपमा बाँकेको खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । उनी साउन ९ गते खाना खुवाउने समयमा ड्युटीमा रहेका सेन्ट्रीलाई झुक्याएर फरार भएका थिए।

फरार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरेको हो ।

उनलाई पुनः हिरासतमा राखेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।