हामी चाहन्छौं सरकारले छिटो इन्धनको मूल्य समायोजन गरोस्
पढ्न लाग्ने समय :
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले इन्धनको मूल्य समायोजन गर्न सरकारलाई आग्रह गरेका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै गौतमले भारतबाट तीन पटक मूल्य सस्तो भएर आउँदासमेत मूल्य समायोजन नभएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले व्यवसायी र आमउपभोक्तालाई राहत दिन मूल्य समायोजन गर्नुपर्ने बताए । उनले सरकारले यातायात व्यवसायीलाई हेयको दृष्टिले हेरेको गुनासो गरे । उनले यातायात व्यवसायीले आफूखुसी भाडा नबढाएको र सरकारले निर्धारण गरेको भाडा लिँदै आएको बताए ।