हामीहरुको चुनाव बहिष्कारमा निर्मल निवासको कुनै साइनो छैन
पढ्न लाग्ने समय :
काठमाडौं । राष्ट्रिय सरोकार मञ्चका अध्यक्ष सोमविक्रम सिंहले आफूहरुले निर्वाचन बहिष्कार गर्ने बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै सिंहले चुनावबाट यो व्यवस्था बदल्न नसकिने भएकोल आफूहरुले बहिष्कार गरेको बताएका हुन् ।
उनले आफूहरुको चुनाव बहिष्कारमा निर्मल निवासको साइनो नभएको बताए । सिंहले राजसंस्था ज्ञानेन्द्र शाहलाई नभई आफूहरुलाई र मुलुकलाई चाहिएको बताए ।