हत्या मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

Wednesday April 29, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोस्ट ओलानीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–११ ओलानीका ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जग्गाको विषयमा विवाद हुँदा भएको हत्या घटनामा दोषी ठहर भएका कामीलाई बुधबार पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार कामीलाई अदालतले ११ असार २०५६ सालमा भएको उक्त घटनामा कैद सजाय सुनाएको थियो ।

उनी गोदावरी नगरपालिका–११ स्थित गौडी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।

प्रहरी अनुसन्धानका क्रममा कामी लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएको खुलेको छ । घटना पश्चात फरार रहेका उनलाई २७ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।