हत्याका सात अभियुक्त पुर्पक्षका लागि कारागार चलान

Tuesday August 9, 2022

पढ्न लाग्ने समय :


गोरखा । गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।

कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका–८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नं २ का १९ वर्षीय सुलभ रानामगर रहेका छन् ।

त्यस्तै धार्चे गाउँपालिका वडा नं ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका–४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका–८ का ४२ वर्षीय नरेश बुढामगर पनि आलेलाई कारागार चलान गरिएको उनले बताए ।

गत असार ३० गते बिहान गोरखा–८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आङ्शका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपछि उनीहरुमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।