हङकङबाट साउन २६ गते स्वदेश फर्किने देउवा
पढ्न लाग्ने समय :
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङ भ्रमणपछि साउन २६ गते स्वदेश फर्किने भएका छन्।
देउवानिकट नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ।
यद्यपि, देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति अझै अन्तिम नभएको बताएका छन्। उनका अनुसार देउवा साउन २६ वा २८ गते नेपाल फर्किन सक्ने भए पनि मिति औपचारिक रूपमा तय भइसकेको छैन।
स्वास्थ्य उपचारका क्रममा देउवा २०८२ साल फागुन १३ गते राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि चैत ७ गते हङकङ पुगेका थिए।
हाल उनको उपचार तथा स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।