स्मिथलाई बाहिर राख्दै अस्ट्रेलियाको टी-२० विश्वकप टिमको घोषणा

Wednesday May 1, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । अस्ट्रेलियाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

अस्ट्रेलियाले आफ्नो विश्वकप टिममा भेट्रान खेलाडी स्टिभ स्मिथ, हाल आइपिएलमा शानदार प्रदर्शन गरिरहेका युवा खेलाडी जेक फ्रासर म्याकग्रुकलगायतलाई टिममा समावेश गरेको छैन ।

अस्ट्रेलियाको विश्वकप टिममा मिचेल मार्श (कप्तान), एस्टन अगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन् ।

यस विश्वकपमा अस्ट्रेलिया समुह बी मा रहेको छ । यस समुहमा अस्ट्रेलियासहित इङल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् ।

अस्ट्रेलियाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ५ मा ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।