स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय

Tuesday March 21, 2023

पढ्न लाग्ने समय :


धुलिखेल । सामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ ।

समुदायका समस्या र आवाश्यकता पूरा गर्न विश्वविद्यालयमा भएका प्राज्ञिक जनशक्तिमार्फत समाधान गरी समुदायको स्तरोन्नति गर्ने उद्देश्यले अभियान सुरु गरिएइको हो । जसअन्तर्गत हालसम्म अधिकांश स्थानीय तहको भ्रमण सम्पन्न भइसकेको विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाका निर्देशक किशोर खनालले बताए ।

समाज र विश्वविश्वद्यालयको सयुक्त पहलमार्फत स्थानीय तहका समस्या समाधान हुने भन्दै उनले समुदाय र विश्वविद्यालयबीचको सम्बन्ध बिस्तारका महाशाखाले पुलको काम गरिरहेको बताए ।

स्थानीय तहमा भएका विज्ञान तथा प्रबिधि, शिक्षा, कानुन तथा इञ्जिनियरिङ विषयसँग सम्बन्धित समस्या समाधानका लागि विश्वविद्यालयका प्राज्ञिक तहबाटै समाधानको पहल गरिने उनको भनाइ छ । समुदाय र विश्वविद्यालय साझा उद्देश्य निर्माण गरी एकैसाथ अघि बढे सबैको हित हुने उनको जिकिर छ । विश्वविद्यालयले स्थानीय तहसँगको सहकार्यमा समुदायका समस्या समाधानका लागि जनप्रतिनिधिसँग पनि छलफल गरिरहेको छ ।

यसै अवसरमा बेथानचोक गाँउपालिकाले टनेल इञ्जिनियरिङका विश्वविद्यालयले प्राबिधिक सहयोगका लागि अनुसन्धान सुरु गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।