स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

Wednesday April 24, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इण्डियन प्रिमिय लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिंग गर्दै अविजित १२४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले कप्तान रुतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो ।

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक हासिल गरेर चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली