स्काउटको अवस्था देशभर खस्किँदै गएको छः मन्त्री चौधरी

Saturday February 22, 2025

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।शनिवार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताउनु भयो । उहाँले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महशुस भएको बताउनु भयो । मधेस प्रदेशमा स्काउटको नेतृत्व गर्ने व्यक्तिहरु केही पनि नजान्ने र स्काउटसँग सरोकार नै नराख्ने किसिमका रहेको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा स्काउटलाई राम्रो बनाउने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘हामी ७५३ वटा स्थानीय तह छौँ । अस्ति म जनकपुर जाने सिलसिलामा मधेस प्रदेशको अफिस गएको थिएँ । त्यो ठाउँ हेर्दाखेरी मधेस प्रदेशको स्काउटिङको अवस्था हेर्दा मैले साँच्चै यो देशमा स्काउट हराएको छ भन्ने महशुस भयो । हामी मधेसमा पढ्दा जुन किसिमको थियो, तराई मधेसमा अहिले स्काउटिङ तराई मधेसमा नेतृत्व लिने व्यक्तिहरुले स्काउटसँग कुनै सरोकार नराख्ने, हात मिलाउन पनि नआउने, केही नजान्ने रहेछन् । मधेस प्रदेशमा स्काउटको हालत छ, त्यो धेरै नै नराम्रो छ ।’

मन्त्री चौधरीले स्काउटमा बारम्बार काम गर्न खोजे पनि काम हुन नसकेको स्वीकार गर्नुभयो । स्काउटको नयाँ कार्यसमितिमा कुनै राजनीतिक दबाब बिन कर्मचारी ल्याएको बताउनु भयो । सार्वजनिक संस्थामा आउनेहरुले राजनीति गर्न नहुने बताउनु भयो । राजनीति गर्ने भए वडाध्यक्ष, सांसदमा प्रतिष्पर्धा गर्न आग्रह गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।