सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन

Sunday November 24, 2024

पढ्न लाग्ने समय :


सूर्य नेपाल गल्फ टुर २०२४÷२५ सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन सोमवारदेखि गोकर्ण गल्फ क्लवमा शुरु हुने भएको छ ।  नेपालका शिर्ष प्रोफेसनल र एमेच्योर गल्फरको प्रतिष्पर्धा गर्ने सूर्य नेपाल गल्फर टुरको २०२४÷२५ सिजन सोमवारदेखि शुरु हुन लागेको हो । सूर्य नेपाल गल्फ टुरका कुल आठ प्रतियोगिता काठमाडौं, पोखरा र धरानमा हुन्छन्, तीमध्ये सबैभन्दा पहिलो प्रतिष्पर्धा सेन्ट्रल ओपन काठमाडौंबाट शुरु हुन लागेको हो । यस प्रतियोगितामा कुल ७२ होलमा प्रतिष्पर्धा हुनेछ । दुई चरण (३६ होल) को खेलपछि कट नियम लागू हुन्छन् । शिर्ष २१ प्रो.गल्फरले फाइनल चरण (३६ होल) का लागि प्रतिष्पर्धा गर्छन् ।
कट नियम पार गरेका शिर्ष ६ प्रो गल्फरले पनि दोस्रो चरणको यात्रा तय गर्नेछन् । कुल ३३ प्रोफेसनल र सात एमेच्योर गल्फरले सेन्ट्रल ओपनमा प्रतिष्पर्धा गर्ने भएका छन् । डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर सद्भाव आचार्यसहित प्रो. गल्फर भूवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा, रवि खड्का, तोरण शाही र कुमार कामी सेन्ट्रल ओपनको मुख्य दाबेदार हुन् । सेन्ट्रल ओपनको विजेताले एक लाख ५० हजार, उपविजेता एक लाख र तेस्रो हुने गल्फरले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
शिर्ष २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ८२ हजार रुपैयाँ रहेको छ । नेपाल प्रोफेसनल गल्फर एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यसपल्ट सूर्य नेपाल गल्फ टुर १८ औं वर्षमा पुगेको र यस प्रतियोगिता नेपाली गल्फरका लागि राम्रो माध्यम बनेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।