सेती अस्पतालबाट थुनुवा भागेको घटनामा तीन प्रहरी जिल्ला तानिए

Monday April 13, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थुनुवा प्रहरी निगरानीबाट भागेको घटनामा तीन जना प्रहरी जिल्ला तानिएका छन् ।

प्रादेशिक अस्पतालमा रहेको अस्थायी प्रहरी विटमा इन्चार्जका रूपमा कार्यरत प्रहरी वरिष्ठ हवलदार श्याम बलायर, हवलदार जगदीश महर र जवान सुनिल बुृढालाई जिल्ला प्रहरी कार्यालयले तानेको हो । उनीहरू मध्ये बलायर र बुढा थुनुवा अस्पतालबाट भागेका बेला उनको निगरानीमा खटिएका थिए ।

१३ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका धनगढी उपमहानगरपालिका–७ का ३२ वर्षीय मुकेश राना उपचारका क्रममा सेती अस्पतालबाट भागेका थिए । उनलाई शनिबार मात्र भारततिर भागिरहेको अवस्थामा प्रहरीले बाङ्ग्रा कटानबाट नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले घटनाaपछि अस्पतालमा कार्यरत तीन जना प्रहरीलाई जिल्ला बोलाएर अन्य प्रहरी कर्मचारी खटाइएको बताए ।

उनकाअनुसार इन्चार्जका रूपमा तत्काललाई प्रहरी सहायक निरीक्षक (असई) हर्कबहादुर कुँवरलाई खटाइएको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।