सेती अस्पतालको स्टाफ नर्स र अनमीको परीक्षा अगाडि नै प्रश्न पत्र बाहिरिएको खुलासा

Monday March 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको सेती प्रादेशिक अस्पतालको प्रश्न पत्र परीक्षा अगाडि नै बाहिरिएको पाइएको छ। सेती प्रादेशिक अस्पतालले लिएको स्टाफ नर्स र अनमीको प्रश्न पत्र परीक्षा अगाडि नै बाहिरिएको खुलेकोे हो।

सेती प्रादेशिक अस्पतालले चैत ७ गते शनिवार सञ्चालन गरेको स्टाफ नर्स र अनमीको परीक्षा पत्र परीक्षा अगाडि नै सार्वजनिक भएको बताइएको छ। शनिवार बिहान ९ बजेबाट स्टाफ नर्स र दिउँसो ३ बजेबाट अनमीको परीक्षा सञ्चालन गरिएको थियो। तर, अस्पतालको प्रश्न पत्रहरू टिकमार्गसहित पहिलै बाहिरिएको बताइएको छ। स्रोतले भनेको छ, ‘अनमी १८ सिटका लागि परीक्षा गरिएको हो। ७ गते दिउँसो ३ बजेदेखि परीक्षा थियो। तर, ३ बजे अगाडि नै प्रश्न पत्र बाहिरिएको छ।’

परीक्षा सञ्चालन समितिका संयोजकसमेत रहेका सेती अस्पतालका मेडिकल सुपरी टेन्डेन डाक्टर हेमराज पाण्डेको फोन बन्द रहेको छ। आफू बिरामी भएको भन्दै उनले आइतवार फोन मार्फत डाक्टर खगेन्द्र भट्टलाई निमित्त दिएका छन्। निमित्त मेडिकल सुपरी टेन्डेन डाक्टर भट्टले परीक्षाको विषयमा कुनै जानकारी नभएको बताए। परीक्षा सञ्चालन समितिको सदस्यसमेत रहेका सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले परीक्षा पूर्ण रूपमा निष्पक्ष रूपमा सञ्चालन गरिएको दाबी गरेका छन। उनले भने, ‘परीक्षा पूर्ण रूपमा फेयर भएको छ। लोकसेवाको परीक्षा भन्दा कम छैन। प्रश्न पत्र बाहिरिएको भन्ने निराधार कुरा हो। कसैको स्वार्थ पूरा नभएर भनेको होला। कसैले गलत मनसायले हल्ला फैलाएको होला।’

सेती अस्पतालमा २१ जना नयाँ स्टाफ नर्स भर्नाका लागि परीक्षा लिइएको थियो। परीक्षामा सहभागी भएका ३९ जना उत्तीण भएका छन्। चैत १२ गते बिहानदेखि अन्तर्वार्ताको समय तोकिएको छ। अस्पतालले १८ सिट अनमीका लागि परीक्षा सञ्चालन गरेको थियो। अनमी तर्फ २८ जना लिखित परीक्षामा उत्तीण भएका छन्। उनीहरूको चैत १८ गते बिहान १० बजेदेखि अन्तर्वार्ता रहेको छ।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले