सेतीसहित तीन अस्पतालमा नयाँ पदाधिकारी नियुक्त

Monday March 16, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिम सरकारले तीन अस्पतालमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। मन्त्रीस्तरको निर्णयमार्फत सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल र जोगबुढा अस्पतालका अध्यक्ष तथा सदस्यहरू नियुक्त गरिएको हो।

सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्ट नियुक्त भएका छन्। अस्पताल व्यवस्थापन समितिको सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाहलाई जिम्मेवारी दिइएको छ। बाँकी तीन सदस्य भने पछि नियुक्त गरिने प्रदेश सरकारले जनाएको छ।

यस्तै, लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर विष्ट चयन भएका छन्। उक्त अस्पतालको सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार नियुक्त भएका छन्।

त्यसैगरी जोगबुढा अस्पतालको अध्यक्षमा कैलसिंह धामी नियुक्त भएका छन्। सदस्यका रूपमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्टलाई जिम्मेवारी दिइएको प्रदेश सरकारले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।