सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्यः सञ्चारमन्त्री गुरुङ

Monday December 16, 2024

पढ्न लाग्ने समय :


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताउनु भयो । उहाँले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने बताउनु भयो । उहाँले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नगरी कामहरु अघि बढाइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ । सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ । राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला त ठूला राजनीतिक दलहरुमा एकता कायम हुनुप¥यो । अहिले काँग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौँ । भ्यागुताको धार्नी पु¥याउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ । सुशासन आजको मुख्य एजेण्डा हो । पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेण्डा हो । जनतासँग रेस्पोन्सिब हुनुप¥यो नि । जनतासँग रेस्पोन्सिब ढंगले काम गरिरहेका छाँै ।’

मन्त्री गुरुङले वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेको बताउनु भयो । उहाँले आजको आवश्यकताअनुसार ऋण सहायता लिनुपर्ने बताउनु भयो । बिस्तारै राजश्व वृद्धि हुँदै गएको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।