सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेबार ?

Tuesday May 7, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।