सुदूरपश्चिम सरकारसँग नेपाली कम्युनिस्ट पार्टीले माग्यो १२ बुँदे जवाफ

Wednesday February 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारसँग नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १२ बुँदामा जवाफ मागेको छ। साविकका माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतका पार्टी मिलेर बनेको नेकपाको प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै १२ बुँदामा विभिन्न आरोप लगाउदै सरकारको जवाफ माग गरेको हो।

मुख्यमन्त्री कमलबहादुर शाह र सरकारको कार्य प्रभावकारितामाथि प्रश्न उठाउदै संसदीय दलका नेता खगराज भट्टले काँग्रेस र एमालेको गठबन्धन सरकार असफल भएको बताउदै माग पूरा गर्नुपर्ने बताए। प्रदेश सरकारलाई एक हप्ताको समय दिदै नेकपाले माग सम्बोधन नभए मुख्यमन्त्रीको राजीनामा माग्दै सडक र सदन दुवै मोर्चाबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। उनले सरकार भ्रष्टाचार, ढिलासुस्ती, भागबण्डा र बेथितिमा डुबेको आरोप लगाए। सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनतामा फसेको भन्दै जनताले सरकारको उपस्थिति नै अनुभूति गर्न नपाएको बताए।

नेकपाले प्रदेशमा भ्रष्टाचार र कमिसनतन्त्र खुलेआम मौलाएको, योजना बाँडफाँटदेखि नियुक्तिसम्म आसेपासेलाई फाइदा पु¥याउने प्रवृत्ति बढेको तथा प्रशासनिक सुधार र कानुन निर्माणमा सरकार पूर्णतः असफल भएको आरोप पनि लगाएको छ।

प्रदेश राजधानी कार्यान्वयनमा असफलता, आवश्यक कानुन निर्माण नगर्नु, बजेट कार्यान्वयन कमजोर हुनु, मन्त्रालयहरूमा बेथिति, अस्पतालमा नियुक्ति ढिलाइ, ओएनएम सर्वेक्षण नगर्नु, नीति आयोगमा भागबण्डा, लगानी सम्मेलनको नाममा अपारदर्शी खर्च, सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल, अस्थायी कार्यालयमार्फत मनपरी खर्च, ऐनविनै गठन आदेश र समग्र सुशासन अभाव जस्ता विषय उठाएको छ ।

नेकपाले एक साताभित्र लिखित र चित्तबुझ्दो जवाफ नदिए मुख्यमन्त्री र मन्त्रीहरूले नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने चेतावनी दिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।